तुलसीपुर, ५ कात्तिक । दाङको शान्तिनगर गाउँपालिका ४, जुम्लेकुलाबाट १० जुवाडे पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नियन्त्रणमा परेकाहरूबाट नगद एकलाख ६४ हजार ३ सय ५ रुपैयाँ, ५ थान मोबाइल फोन र १ गड्डी तास बरामद गरिएको छ।
शान्तिनगर गाउँपालिका–४ निवासी धर्म बहादुर चन्दको घरमा जुवा खेलिरहेको अबस्थामा सोही ठाउँका ५३ वर्षीय देब बहादुर केसी, ५४ वर्षीय सालिकराम भण्डारी, ४३ वर्षीय मेघ बहादुर केसी, ३६ वर्षीय कमल बुढाथोकी, ४८ वर्षीय कालुराम चौधरी, ३१ वर्षीय तेज घर्ती, ४९ वर्षीय धर्म चन्द, ५७ वर्षीय यज्ञ बहादुर केसी, ४२ वर्षीय एकराज डाँगी, र कंचनपुरको बेलौरी नगरपालिका ८ निवासी ३६ वर्षीय विक्रम चौधरीलाई पक्राउ गरिएको हो ।
लाइभदाङ । ५ कार्तिक २०८१, सोमबार १८:५० बजे