सल्यानमा गाडी दुर्घटना १७ जना घाईते (विवरण सहित)

सल्यान, २४ असोज ।

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाईते भएका छन । नेपालगञ्ज देखि सल्लीवजार नेटाहुदै रुकुम पश्चिमको चौरजहारी आउदै गरेको लु २ ख ५००२ नम्वरको फोर्सगाडी कुमाखगाउँपालिकाको वडा नम्वर १ वुरेली खोला नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

१७ जना घाईतेहरु मध्य २ जनालाई अस्पतालले थप उपचारको लागि नेपालगञ्ज रेफर गरेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर निमरोद लिम्वुले जानकारी दिनुभयो । अन्य एकजना पनि थप उपचारको लागि नेपालगञ्ज गएका छन ।

अन्य घाईतहरुको केहिलाई अस्पतालले चेकजाँच पछि घर पठाएको र वाँकी ७ जनाको अस्पतालमा उपचार भैरहेको अस्पतालले बताएको छ । घाईतेहरुको टाउको, हात, खुटटा, ढाड, लगाएत शारिरीरका विभिन्न भागमा चोट लागेको छ । गाडी व्रेकफेल भएर दुर्घटनामा परेको हुन सक्ने सल्यान प्रहरीले वताएको छ । गाडी चालक र सहचालक भने फरार रहेका छन ।


गाडी दुर्घटनामा परी घाईते हुनेहरुको विवरण यसप्रकार रहेको छ ।
दुर्घटनामा परी घाईते हुनेहरुमा सल्यानको कुमाखगाउँपालिका ३ निवासी ६० वर्षिय बसन्ता भारती, वडा नम्वर ४ निवासी गिता वुढा, २२ वर्षिय सुसान्त राणा, सोही पालिका वडा नम्वर १ निवासी ३० वर्षिय विशाल चन्द, १२ वर्षिय सलिना शाही,२२ वर्षिय संम्झना भारती, २५ वर्षिय हरिभक्त सुनार, २२ वर्षिय दिपक योगी, २१ वर्षिय सूजाता वुढाथोकी, १८ वर्षिय विनिता नाथ योगी, २० वर्षिय विन्दुनाथ योगी रहेका छन ।

त्यस्तै कुमाखगाउँपालिका वडा नम्व्र ३ निवासी १५ वर्षिय विनोद नाथ योगी, वडा नम्वर ४ निवासी ३४ वर्षिय घनश्याम के।सी, चौरजहारी नगरपालिका वडा नम्वर १ रुकुम पश्चिम निवासी,३५ वर्षिय सुस्मिता आचार्य, २४ वर्षिय स्वस्तिाका आचार्य, १६ वर्षिय सूदिप गौतम र ३३ वर्षिय त्रिलोचन गिरी रहेका छन ।

चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले दुर्घटनामा परी चौरजहारी अस्पतालमा उपचार गराईरहेका घाईतेहरुलाई भेटगरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।