तुलसीपुरमा सामूहिक बलात्कारको घटना बाहिरियो

तुलसीपुर
३१ भदौ / तुलसीपुरमा बालिकामाथि सामूहिक बलात्कारको घटना बाहिरिएको छ ।

गएको भदौ २७ गते तुलसीपुर उपमहानगरपालिका–१३ शितलपुरको एक होटेलमा १४ बर्षीया बालिकााथि सामूहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरीका अनुसार दिउँसो करिब ४ बजे तिर बलात्कार पछि ति बालिकाको उच्च रक्तश्राव भएपछि घटना बाहिरिएको हो ।


घटनामा संलग्न भएको आरोपमा कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरा बस्ने २२ बर्षीय बिष्णु सुनारलाई पक्राउ गरिएको छ ।
उनलाई शान्तिनगरको रगैचाबाट पक्राउ गरिएको हो ।

बालिकालाई पानीपुरी खुवाउन लैजाने भन्दै दुई जना युवाले मोटरसाईकलमा हालेर सितलपुरको होटेलमा लगेर बलात्कार गरेको खुलेको छ ।