लुम्बिनीका मुख्यमन्त्री महराले ३० चैतमा विश्वासको मत लिने

दीपक बोहरा
दाङ,२७ चैत ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले ३० चैतमा विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिब दुर्लभकुमार पुनका अनुसार ३० चैत शुक्रबार दिउसो १ बजे विश्वासको मत लिने तयारी रहेको छ । सोही अनुसार चौथो अधिवेशनको दोस्रो बैठक बोलाईएको छ । केन्द्रमा सत्तासमीकरण फेरिएसंगै प्रदेशमा पनि समीकरण फेरिएपछि माओवादी केन्द्रले लुम्बिनीमा मुख्यमन्त्री पाएको थियो ।


सोही अनुसार महरा २३ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तीका ४, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी पार्टीका एक र स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गर्नुभएको छ । प्रदेशसभामा ८७ जना सांसद मध्ये बहुमतकालागि ४४ जना चाहिन्छ ।