महोत्सवले उठाएका प्रश्न

तुलसीपुर चेम्बर अफ कमर्शले महोत्सव सञ्चालनको अनुमति पाएपछि काम अगाडी बढाएको छ । तर, त्यसलाई अघि बढाउन नदिने गरि आवाज उठ्ने गरेका छन् । तुलसीपुर उद्योग बणिज्य संघले नै महोत्सव रोक्नुपर्ने आवाज उठाउँदै आएका छ । तर, चेम्बरले महोत्सवमा सिन्डिकेट भएको भन्दै त्यसलाई तोड्ने होडमा छ ।

अहिले महोत्सवका नाममा जुन विवाद भइरहेको छ । यो विवाद त्यति आबश्यक देखिदैन । जिल्ला प्रशासनलागयतका अन्य निकायले अनुमति दिइसकेपछि त्यसमा छुट्टै विवाद आबश्यक छैन । विगतमा पनि जिल्लामा मेला महोत्सव लागेकै हुन् । कोरोना संक्रमण न्यूनिकरण गर्ने, व्यबस्थापन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयको हो । त्यसको सहयोगी आम नागरिक बन्ने कुरा हो । त्यसैले जिल्ला प्रशासनले अनुमति दिदा पक्कै पनि यसमा ख्याल गरेकै होला । त्यसैले अहिले बजारमा कोरोना बढिरहेको छ, त्यसैले महोत्सव रोक्नु पर्छ भन्ने आवाज उठ्नु भनेको मेला असफल पार्ने एउटा ‘तुरुप’ मात्रै हो । अर्को तर्फ अहिले महोत्सव सञ्चालन गर्दा व्यबसायीहरुलाई निकै मार पर्छ, भन्ने जुन आवाज उठिरहेको छ, यो आवाज भने सान्दर्भिक छ । यसमा महोत्सव लगाउने संस्थाले ति व्यबसायीहरुको आवाजलाई सम्वोधन त गर्नुपर्छ नै । तर, विगतमा अन्य संस्थाले महोत्सव लगाउदा नउठेका आवाजहरु अहिले उठिरहेका छन्, यो भने न्यायोचित होईन् । व्यबसायीहरुले आफ्ना कुरा उठाउने हो, अरुको इशारामा आवाज उठाउन त्यसले आफूलाई नै प्रभाब पार्छ । यदि चेम्बरले महोत्सव नलगाएको खण्डमा माघदेखि तुलसीपुर उद्योग बाणिज्य संघले नै महोत्सव लगाउने तयारी गरिरहेको थियो । संघले महोत्सव लगाउँदा ठीक र चेम्बरले लगाउँदा बेठीक भन्ने प्रबृतिले व्यबसायीहरुको मागलाई सकारात्मक मार्गमा लैजादैन ।


मेला महोत्सवको आफ्नै महत्व छ । तर, समर्थन सबैको चाहिन्छ । व्यबसायीका मात्रै होईनन्, सबै संघसंस्था, यस क्षेत्रका नागरिकको भावनालाईपनि सम्बोधन गर्नुपर्छ । तर, एउटा संस्थाले महोत्सव लगाउने अनुमति लिइसकेपछि अन्य संस्थाले अड्चन थप्नु राम्रो होईन् । बरु सबैले आफ्नो ढंगले सहयोग गर्नुपर्छ । महोत्सवमा स्थानीय व्यबसायीहरु र स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नुपर्छ । यदि सबै स्टलहरु स्थानीय व्यबसायीहरुले भरिने अबस्था आएमा उनीहरुलाई नै प्राथमिकता दिनुपर्छ, भने भाडामा पनि सहुलियत गर्नुपर्छ । यसो गर्न सकिएमा व्यबसायीहरुबाट पनि त्यति बिरोध आउँदैन । यस्ता कुराहरुमा ध्यान दिएर अघि बढेमा आगामी दिनमा पनि महोत्सव लगाउने सन्दर्भमा विवाद हुने अबस्था आउँदैन् ।