कमल सुवेदीलाई युवाको यस्तो पत्र 

अशोक भण्डारी
मा.कमल सुवेदि ज्यु, नमस्कार,
शान्तिनगर गाउँपालिका आफैमा जटिल भुगोल अवस्था भएको तथा अथाह सम्भावना बोकेको स्थानीय पालिका हो जो तपाँइको निर्वाचन क्षेत्र भित्र पर्दछ ।यसको उत्तरि भेगमा पहाडि इलाका र दक्षिणी भेगमा समथर भुमि रहेको प्राकृतिक बनावट छ साथै यँहा धेरैप्रकारका जातजाति तथा बहुभाषिक मानिसहरु बसोवास गर्दै आउँनु भएको छ । शान्तिनगर गाउँपालिका सहित समग्र पश्चिम दाङ विकासको दृष्टिकोणमा राज्यबाट पछाडि पारिएको क्षेत्र हो भन्ने कुरा तपाँई हामी सबैलाइ थाहा नै छ । संघीयतापछि निरन्तरताका विकास बाहेक अन्य धेरै ठुला कायापलट हुने योजना, लक्ष्य तथा कार्यहरु हाम्रो यस पालिकामा प्रयाप्तरुपमा देख्न पाइएको छैन किनभने हामी अझैपनि हाम्रा आधारभुत कुराहरु सङ्ग जुधिरहेकाछाँै ।
हामी शान्तिनगरवासी हिड्ने सडकमा धेरै स्थानमा अझै पुलहरु बनेका छैन्न्, लोडसेडिङ मुक्त भनिएको देशमा यहाँ धेरै ठाउँहरुमा बाल्ने बत्ति समेत पुगेको छैन, हाम्रा बालबालिका तथा युवाहरु पढ्ने गुणस्तरीय सार्वजनिक विद्यालय  छैनन, आफ्नो ज्ञान, सिप र योग्यता अनुसारका युवाहरुले गर्ने रोजगारी नभएकै कारण बिभिन्न देशहरुमा युवाहरु पलायन हुनुपरेको बाध्यता तपाँई हामी कहाँ विकराल जस्तै बनेको छ, आम नेपालिको जस्तै । यति भन्दै गर्दा यहाँ पहलहरु नभएको पनि होइन, यँहा बाट सरकारी निकायका उच्च ठाउँमा पुगेका नेताहरुले हाम्रा आधारभूत समस्याहरु हल गर्न गरेका पहलहरु प्रयाप्त भएका छैनन ।
प्रदेशबाट धन बहादुर मास्कि, उत्तर वलि संघबाट खुम बहादुर खड्का, दिपक गिरी जस्ता नेताहरुले आफ्नोे पालामा सकेको विकासको पहल गर्नुभएको हामी जानकार नै छाँै, अब पालो तपाँईको । शान्तिनगरको माथिल्लो भेगका जनतालाइ बसौँ देखि दुख दिरहेको बौलाह खोला, पातेटाकुरा खोलामा पुल बनाउन पहल गर्ने धन बहादुर मास्किलाइ हामी सबैले धन्यवाद दिएकै छाँै, सिंचाई क्षेत्रमा दिपक गिरीको भूमिका उल्लेखनीय नै थियो जसको लाभ दंगाली जनताले पाईरहेकै छौँ । त्यसैले विशेषतः म आफैँ शान्तिनगरवासी भएकै कारण र यहि क्षेत्रका समस्या तथा सम्भावनहरुलाई नजिकबाट देखेको हुँदा तपाँईलाई मेरो व्यक्तिगत तर्फबाट सुझाव सहितको यो पत्र लेख्दै छु । यि मेरा ब्यक्तिगत माग होइनन यि मैले देखेका शान्तिनगरका मुख्य मुख्य समस्या हुन भन्ने धारणा राख्दै बुदाँगत रुपमा सुझावहरु लेख्दछुः
१.शान्तिनगर ६ र बबै ७ जोड्ने कोर्बाङमा, बौला खोलामा पक्कि पुल बनाउनुपर्ने अत्यावश्यक रहेको छ र शान्तिनगर २ र ५ वडा जोड्ने बहुला खोलामा पक्कि पुल बनाइ आवतजावत सहज बनाउनु पर्ने र दामोदर सडकको तत्काल स्तरोन्नति गर्नुपर्ने,
२.शान्तिनगर गाउँपालिका ठुला तथा उदाउदै गरेका बजार भनेर चिनिने रगैजा, पातेटाकुरा, बाघमारे, जुम्लेकुला , खिलतपुर, कोर्बाङ, खैरेनि लगायतका बजारहरुलाइ ब्यवस्थित गरि वैज्ञानिक शहरीकरण  माध्यमबाट ब्यवस्थित गर्नुपर्ने,
३.शिक्षा मुख्य विषय हो, यसलाइ परिणाममुखि, ब्यावहारिक, समान तथा निशुल्क बनाउनुपर्छ भन्ने धारणा सहित राज्यको तर्फबाट सार्वजनिक शिक्षालाई विशेष महत्व दिनुपर्ने हुन्छ तथा निजि बिद्यालयहरु बीचमा अनावश्यक प्रतिस्पर्धा हुन नदिन तथा परिणाममुखि, ब्यावहारिक तथा गुणस्तरीय शिक्षा प्रदानको लागि नियमन गर्नुपर्ने साथै पालिकाभर स्थानीय वस्तुगत, धार्मिक तथा सामाजिक विषयवस्तु सबैलाई ध्यानमा राखेर  आफ्नो वार्षिक क्यालेन्डर बनाई पठनपाठन गर्नेगरी नीति निर्माण गर्न पहल गर्नुपर्ने,
४. शान्तिनगर गाउँपालिकामा निर्माणाधीन गाउँपालिकाको प्रशासनिक भवनलाइ संघ सरकार मार्फत आवश्यक बजेट छुट्टाएर चाँडो भन्दा चाँडो काम सक्न पर्ने र गाउँपालिकाको सभाहललाइ ब्यवस्थित गरि औपचारिक रुपमा सन्चालनमा ल्याउन पर्ने,
५. शान्तिनगरका पहाडि इलाकामा अझै विद्युत विस्तार हुन नसकेको अवस्था छ त्यसकोलागि उपयुत्त बजेट छुट्टाएर शान्तिनगरलाइ १०० प्रतिशत उज्यालो शान्तिनगर बनाउन पर्ने र टावर नटिप्ने ठाउँमा तुरुन्त टावर को ब्यवस्थापन गर्नुपर्ने,
६. शान्तिनगरका धार्मिक पर्यटकिय क्षेत्रहरु जस्तै सुइकोट मन्दिर, भौगोलिक पर्यटकिय क्षेत्र जस्तै पेदिखोला झरना, सांस्कृतिक पर्यटकिय क्षेत्र जस्तै खड्काकोट राजाको दरबार लगायतलाइ व्यवस्थित गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गरि स्थानिय सरकारको समन्नवयमा राज्यको आयआर्जनको श्रोत बनाउन निति तर्जुमा तथा बजेट ब्यवस्थापन गर्नुपर्ने,
७. हाम्रो पालिकामा उर्वर माटो छ, तथा, यहाँ विभिन्न जातजातिको बाहुल्यता छ त्यसैले यहाँ बनचय तयगचष्कm (यसमा म आफैले थेसिस गदैँछु),cultural tourism, adventurous tourism जस्ता क्रियाकलापले स्थानिय आय बढाउने भएको हुँदा यसको लागि केन्द्रिय सरकार बाट नै आवश्यक पर्ने निति तथा कार्यक्रम ल्याउन पर्ने,
८.बढ्दो शहरीकरण तथा बसाँइसराइका कारण उत्पन्न हुने समस्याहरु जस्तै फोहोरमैला ब्यवस्थापन, खानेपानी व्यवस्थापन लगायतका कुराहरु ध्यान दिइ स्थानिय तथा प्रादेशिक सरकारसङ्ग सहकार्य गरि व्यवस्थापनमा जोड दिने र खानेपानीको लागि मुहान तथा श्रोतको संरक्षण तथा दिगो विकास नितिको अवधारणा सहित काम गर्नुपर्ने बनाउन पर्ने,
९.विकासको लागी मुख्य रुपमा आवश्यक पर्ने भनेकै पुंजी हो त्यसैले पुंजी निर्माणको लागी सधै उपल्लो निकाय मात्रै हेर्ने प्रवृति अन्त्य गर्नको लागी यहि स्थानीय तहमै आयआर्जन गरि आफ्नो बलभुतामा बजेट निर्माण गर्न सक्ने लक्ष्य राख्नेगरी स्थानीय स्तरमा उपलब्ध प्राकृतिक श्रोत साधन जस्तै नदी जन्य श्रोत, वन श्रोत तथा उर्वर माटो जहाँ धेरै मात्रामा तोरी, अन्नवाली, तरकारी, फलफुल लगायत उत्पादन हुने गर्दछन् । यिनको ब्यवस्थापनको लागि कसिलो नियमनकारि निति तथा कार्यक्रम जस्तै प्रशोधन केन्द्र निर्माण, उद्योग तथा कोल्ड स्टोर लगायतका कार्यक्रम ल्याएर यस स्थानीय तहलाई आफ्नोराजस्व संकलन तथा आम्दानीबाट बजेट निर्माण गर्न सक्ने बनाउन कसिलो तथा सजिलो नीति निर्माण गर्नुपर्ने,
१०.शान्तिनगर गाउँपालिका लगायत देशैभरका ग्रामिण स्थानीय तहमा ग्रामिण विकासको लागी उल्लेखनीय काम गर्नको लागि ग्रामिण विकास विज्ञलाई नियुक्त गर्नेगरि राज्यले नीति तथा कार्यक्रम लागु गर्नुपर्ने,
११.साथै गाउँपालिका स्तरीय रंगशाला अवधारणा सहितको खेलमैदान बनाउनुर्पे, भित्रि सडकहरु स्तरोन्नति गर्नुपर्ने, सिचाँइको ब्यवस्थापन गर्नुपर्ने, खानेपानी समस्या हल गर्नुपर्ने, बेरोजगारी समस्या हल गर्नुपर्ने, दुग्धजन्य उत्पादन, मासुजन्य वस्तुको उत्पादन आदिको बजार व्यवस्थापन गर्नुपर्ने लगायतका मुख्य समस्याहरु सहित सुझावहरु तपाँईको कार्यकालमा पुरा हुनेछन् भन्ने आशा राख्दै यो सुझाव सहितको खुल्ला पत्र लेखेको छु । आशा छ यी सुझावहरुले तपाँईको कार्यकालमा गर्नुपर्ने कामहरुको चित्र कोर्न तथा शान्तिनगर बासीको भविस्य निर्धारण गर्ने समेत मद्दत पु्याउने छ  धन्यवाद ।