दिव्य कुञ्जका विद्यार्थीहरु सामाजिक काममा सक्रिय हुदै

दाङ, २२ असोज ।
तुलसीपुर ७ मा अवस्थित दिव्य कुञ्ज एकेडेमीले सैद्धान्तिक ज्ञान संगसंगै अतिरिक्त ज्ञान र क्रियाकलापलाई विशेष जोड दिदै आएको छ । जस अनुसार विद्यालयले आज  तुलसीपुर वडा नम्बर ७ मा रहेको पुरानो धार्मिक स्थल खैराबाङ भुवनेश्वरी भगवती मन्दिरलाई २ वटा फोहोर राख्ने भाडो हस्तान्तरण र मन्दिर परिसर सरसफाइ गरेको छ।

एक कार्यक्रमकाबिच मन्दिर व्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर बुढाथोकी एवम् मन्दिरका मुख्य पुरोहित श्याम कुमार शर्माको उपस्थितिमा उक्त सामाग्री बिद्यालयका कप्तान र उप-कप्तानको हातबाट  हस्तान्तरण गरिएको हो । कक्षा ८,९,१० का विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको रकमलाई सामाजिक कार्यमा लगायका हुन् ।


बिद्यालयले सामाजिक काममा सकृयता देखाएकोप्रती मन्दीर ब्यबस्थापन समितीका अध्यक्ष ईन्द्र बहादुर बुढाथोकीले धन्यवाद दिनुभयो ।

यस्तै , विद्यार्थीलाई  आफ्नो वरिपरिको सामाजिक परिवेशको जानकारी हुनुपर्ने  एवम् धार्मिक सम्पदाको महत्त्व बुझाउने र संरक्षणमा विद्यार्थीले पनि केही सकारात्मक एवम् रचनात्मक काम गर्न सक्नुपर्ने र सोही अनुसार विद्यालयले यस्ता कार्यलाई विशेष जोड दिदै आएको विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले बताउनुभयो । कार्यक्रमको सहजीकरण बिधालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गर्नुभएको थियो ।