दाङ, २१ असोज ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दशैं बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दशैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिनु भयो ।
एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखी २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उहाँले बताउनु भयो । प्रतिष्ठानको कोठा नम्बर १५ मा डा. जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन ।
जैसवालको फोन नम्बर ९८४१११५७५९ रहेको छ । बडा दशैंको विदाका दिनहरूमा समेत प्रतिष्ठानको MDGP विशेषज्ञ चिकित्सकद्वारा EHS OPD सन्चालन गरिने छ ।
लाइभदाङ । २१ आश्विन २०८१, सोमबार १९:४२ बजे