
तुलसीपुर, २२ पुस ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं.५ सुन्दरनगर स्थित ज्ञान ज्याेति आधारभुत विद्यालयका विद्यार्थीहरूलाई टाेपी वितरण गरिएकाे छ । गरीब तथा अति बिपन्न विद्यार्थीहरूलाई सहजताकालागि साेमबार न्यनाे कपडा(टाेपी ) सहयाेग गरिएकाे हाे । विवाईडीकाे सहयाेगमा ३५० जना विद्यार्थीहरूलाई टाेपी सहयाेग गरिएकाे हाे ।
समाजमा सकारात्मक सन्देश दिन यस्ताे कार्यक्रम गरिएकाे बिवाईडीका दाङ सञ्चालक विमल पाैडेलले बताए । याे विद्यालयमा यस अघि सरस्वतिकाे मन्दिर पनि बनाएकाे बताए । टाेपी पाएपछि बाल क्लबका अध्यक्ष सपना विकले टाेपी नलाएर विद्यालयमा आउनु पर्ने अबस्थाकाे अन्त्य भएकाे बताईन् ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मी परियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि काँग्रेस तुलसीपुर नगर सचापति सुरेश हमालले विद्यार्थीहरूलाई चिसाेबाट जाेगाउन गरिएकाे कार्यकाे प्रशंसा गरे । उनले यस्ता कार्य सबै संघसंस्थाकाे गर्नुपर्ने बताए । विद्यालय ब्यबस्थापन समितिका सदस्य दीपा परियारले स्वागत मन्तब्य ब्यक्त गरेकाे कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का कार्यबहाक अध्यक्ष मधुमति सुनार, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगी, लाईन्स क्लब दाङका अध्यक्ष गाेरख वली, प्रेस सेन्टर दाङका सचिब दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमकाे सहजीकरण विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले गरेका थिए ।



लाइभदाङ । २२ पुष २०८१, सोमबार १२:३५ बजे