तुलसीपुर, ११ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राबिधिक शिक्षा दिने भएको छ ।
सूचना प्रबिधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसीडीएफ कक्षा २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार यी कक्षाको छनोटकालागि सूचना प्रकाशन गरिएको छ । यी सबै कार्यक्रम निःशुल्क हुनेछन् ।
सूचना प्रबिधिमा २ वटा कोटा रहेका छन्, भने अन्य दुई वटा कार्यक्रमकालागि ३० वटा कोटा रहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । स्वीस सरकारको सहयोगमा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुन लागेका हुन् । एसइई दिएर अनुतिर्ण भएकाहरुले उक्त कक्षा लिन पाउनेछन् ।
साथै विद्यार्थीहरुलाई प्रतिदिन एक सयका दरले छात्रबृति, पोशाक, २ लाख सम्मको दुर्घटना बीमा समेत उपलब्ध हुने उहाँको भनाई छ ।
त्यस्तै परीक्षा शूल्क, रजिष्ट्रेशन शूल्क,समेत लाग्ने छैन । यी कक्षाहरु साढे ३ महिना विद्यालयमा हुने र अन्य बाँकी कम्पनीमा प्रयोगात्मक हुने प्रअ पौडेलको भनाई छ ।
हप्तामा पाँच दिन प्रयोगात्मक र एक दिन सैद्धान्तिक कक्षा हुने उहाँले बताउनुभयो । यो कार्यक्रमले आर्थिक अबस्था कमजोर भएकाहरुलाई सहयोग पु¥याउने उहाँको भनाई छ ।
लाइभदाङ । ११ आश्विन २०८१, शुक्रबार २१:४५ बजे