गोदाममै थन्किएको खाद्यको चामल, टेन्डर नपर्दा ढुवानी भएन

दीपक बोहरा
तुलसीपुर, १० असोज/
चामल ढुवानीकालागि टेण्डर नपरेपछि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी तुलसीपुरबाट चामल ढुवानी हुन सकेको छैन । दशैलाई लक्षित गरि चाम ढुवानीकालागि टेण्डर आह्वान गरेपनि कसैले पनि टेण्डर हालेनन् । पुनः दोस्रो पटक टेण्डर खोलेर ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तिलक सुनारले बताउनुभयो । उहाँका अनुसार रुकुमपूर्व,रुकुम पश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीकालागि टेण्डर परेको छैन ।“टेण्डर खोलेपनि कसैले पनि टेण्डर आह्वान गरेनन्”,उहाँले भन्नुभयो“त्यसले गर्दा पनि चामल ढुवानी हुन सकेको छैन ।           

पहाडी जिल्लामा चामल पु¥याउनकालागि तुलसीपुरमा चामल स्टक राख्ने गरिन्छ । अहिले करिब चारहजार ८ सय क्वीन्टल चामल स्टक रहेको छ । टेण्डर नपरेपछि अहिले कार्यालय आफैले ढुवानी अनुसारको भुक्तानी गर्ने गरि रुकुम पूर्व र रुकुम पश्चिममा चामल समेत पठाई सकेको छ । ढुवानी रकम महंगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुन सक्ने उहाँले बताउनुभयो ।“अहिले पेट्रोलको मूल्य बढेको छ,तर, ढुवानी मूल्य बढेपछि टेन्डर हाल्न नमानेको हुन सक्छ”,उहाँले भन्नुभयो ।

चाडपर्वलाई लक्षित गरि चामलको मूल्य पनि घटाएको छ । प्रत्येक चालममा प्रति किलो रु. ७ का दरले छुट दिएको उहाँले बताउनुभयो । जस अनुसार अहिले बास्मति चामलको मूल्य प्रतिकेजी एकसय ३ रुपैया, जिरा मसिनो चामलको प्रतिकेजी रु.६०, सोना मन्सुलीको प्रतिकिलो रु.४३ रुपैँया रहेको छ ।


दाङमा चामल उत्पादन पनि हुने भएकाले कम्पनीको चामल कम खपत हुने गरेको समेत उहाले बताउनुभयो । उहाँका अनुसार दाङमा कम्पनीको बार्षिक २०० क्वीन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्याधिक मात्रामा चामल ढुवानी हुने गरेको उहाँको भनाई छ ।

अर्को तर्फ मानिशलाई खाद्य कम्पनीले सस्तो र गुण्स्तरीय चामल उपलब्ध गराउने कुरा थाहा नभएर पनि बजारबाट चामल किन्ने गरेको बताउनुभयो । यसकालागि प्रचारप्रसारको आबश्यक रहेको उहाँको भनाई छ । तुलसीपुरमा चामल स्टक राख्नकालागि पाँच हजार क्वीनटल क्षमता रहेको छ । साभार :अग्रिम साप्ताहिक