तुलसीपुर, ९ असोज । जहाँ फार्मेसी हुन्छ, त्यहाँ फार्मासिष्टको व्यबस्था नहुँदा ब्यबस्थित रुपमा औषधी वितरण हुन नसकेको एक कार्यक्रमका बक्ताहरुको जोड छ ।
विश्व फार्मासिष्ट दिवसको अवसरमा बुधबार तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीले फार्मेसी भएपनि फार्मसिष्ट भन्दा अन्य ब्यक्तीले औषधी वितरण गर्ने र त्यसले विरामीलाई असर गर्ने गरेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बक्ताहरुको भनाई थियो । “फार्मेसी पढेका व्यक्तीहरुको लाईसेन्स भाडामा दिने र त्यसको प्रयोग गरेर अन्य ब्यक्तीले फाईदा लिने अबस्था छ”, फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले भन्नुभयो“स्थानीय तहले यसमा ध्यान दिनुपर्छ ।”
सबै सरकारी स्वास्थ्य संस्थामा समेत फार्मेसीमा फार्मसिष्ट नहुँने गरेको पाईएको बताउनुभयो । फार्मेसी संघ दाङ र तुलसीपुर बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले औषधी जस्तो कुरा एकदमै सम्वेदनशील रहेको भन्दै यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
तुलसीपुरमा फार्मेसी पढाउन निकै चुनौति रहेको मेट्रो कलेजका प्रचार्य बसन्त आचार्यले बताउनुभयो । उहाँले स्वस्थ्य क्षेत्रलाई ब्यबस्थित गर्न फार्मसिष्टको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
फार्मासी संघ दाङका उपाध्यक्ष बसन्त योगीले तुलसीपुर क्षेत्रमा फार्मेसी पढाई हुनेले स्वास्थ्य क्षेत्रले फड्को मारेको बताउनुभयो । औषधी ऐन २०३५ मा जहाँ औषधी हुन्छ, त्यहाँ फार्माष्टि हुनुपर्ने बताउनुभयो । तर, अहिलेसम्म त्यस्तो व्यबस्था नहुँदा समस्या भएको समेत उहाँको भनाई थियो । यो कार्यान्वयन आबश्यक रहेको समेत उहाँको भनाई छ । साथै फार्मासिष्टहरुले आफ्नो महत्व नबुझ्दा पनि समस्या रहेको उनले बताए ।
मेट्रो कलेजमा फार्मेसीको पढाइ शुरू हुनु निकै सकारात्मक कुरा रहेको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले स्वास्थ्य संवेदनशीलतामा फार्मेसीष्टको भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका सचिव गिरीराज न्यौपाने, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिअहेव बिष्णु गिरी, पत्रकार दीपक बोहराले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण फार्मेसी संघ दाङका सचिव दया ज्ञवालीले गर्नुभएको थियो ।
लाइभदाङ । ९ आश्विन २०८१, बुधबार २१:०३ बजे