कुमाख कलेजमा बेकरी तालिम सम्पन्न

दाङ, १३ चैत ।
तुलसीपुरमा रहेको कुमाख कलेज अफ म्यानेजमेन्टले कलेजमा अध्ययनरत विद्यार्थीहरुको थप सीप वृद्धि र विकास गर्न दश दिनसम्म सञ्चालन भएको बेकरी तालीम मंगलबार सम्पन्न गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थी लिला खत्रीले भने सीप सिक्नु भन्दा अगाडि होटेलसंग सम्बन्धित सीप र ज्ञान भनेको खाना पकाउने र सामान्य होला भन्ने सोचेको थिए र अहि यो १० दिने तालिमले आफ्नो क्षमतामा वृद्धि गरेको बताए। काठमाडौंबाट आएर बिषय बिज्ञ सरले तालिम र विभिन्न बेकरीसंग सम्बन्धित तालिम र ज्ञान लिन पाउँदा आफ्नो आउने भबिस्य उज्ज्वल रहेको बताए । साथै अझै राम्रो गर्न सक्छु भन्ने ज्ञान र आट आएको उनले बताए ।


कार्यक्रममा प्रशिक्षक सन्तोष ढकालले दश दिनसम्म बेकरी सम्बन्धि तालिम दिएका थिए । तालिम समापनमा बोल्दै सन्तोष ढकालले बेकरी उत्पादन अल्पकालीन रुपमा स्वास्लाथ्यई फाइदा गर्ने उत्पादन भएकाले सबै उमेर समुहका ग्राहकले प्रयोग गर्न सकिने मीठो एव फाइदाजनक खानाको परिकार भित्र पर्दछ । अन्तराष्ट्रिय बजारमा चलन चल्तीमा रहेर बनेको खाना पनि बेकरी सम्बन्धित उत्पादन हो ।

प्राय: बिदेशीहरुले खाने फास्ट फुड खाना सफ्ट र गुणस्तरीय हुने गर्दछ । नेपाली बजारमा पनी गुणस्तरी बेकरीका परिकारहरु प्रयोग हुँदै आइरहेको प्रशिक्षक ढकाल जानकारी दिए ।समापन कार्यक्रममा बोल्दै कलेज प्रमुख तुफान रेग्मीले विद्यार्थीहरुलाई दिएको सिपले बेरोजगार बस्न नपर्ने र आफ्नै खुट्टामा उभिन विद्यार्थीलाई सहयोग पुग्ने बताए ।