दंगीशरण–१ को प्रशासनिक भवन तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

प्रमोद आचार्य
दंगीशरण, २७ जेठ ।
दंगीशरण गाउँपालिका वडा नं. १ को प्रशासनिक भवन तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरीएको छ । आज एक औपचारीक कार्यक्रमकाविच वडा अध्यक्ष रमेश भण्डारीको सभापतित्व, गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता, गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का र जग्गा दाता बिष्णुमणि उपाध्यायको विशिष्ट आथित्यतामा २ वटै भवनको समुद्घाटन गरीएको हो ।

प्रशासनिक भवन उद्घाटन भए सङ्गै वडाका हरेक काम कुरा गर्न र जनतालाई सेवा प्रवाह गर्न निकै सहज हुने अपेक्षा लिएको वडा अध्यक्ष रमेश भण्डारीले बताउनुभयो । भवन समुद्घाटन समारोहम बोल्दै गाउँपालिका अध्यक्ष गिरीले सुबिधा सम्पन्न भवन बाट त्यहाँका बिपन्न,दलित बस्तीहरको आवाजलाइ समेटी समानुपातिक तवरले सेवा प्रवाह गरी जनताको सुख अनि दुःख समेट्न सुझाव दिनुभयो ।

यस्तै अध्यक्ष गिरीले आफु चुनावी प्रतीबद्द्ता अनुरुप अगाडी बढिरहेको र भौतिक विकास सङ्गै मानविय विकासलाई पनि महत्वका साथ अगाडी बढाएको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमा वली खड्काले वडा कार्यालयको भवन निर्माणको लागी जग्गाको खोजी गरी उपयुक्त स्थानमा जग्गा दान गर्नुहुने गुरु बिष्णुमणि उपाध्याय र धर्मपत्नी मलिका देवी उपाध्याय प्रती धन्यवाद सहित सम्मान प्रकट गर्नुभयो ।

यस्तै जग्गादाता बिष्णुमणि दहालले आफु बोलि भन्दा कर्ममा विश्वास गर्ने ब्यक्ती भएकाले कामलाई प्राथमिकतामा राखी अगाडी बढ्न सुझाब दिनुभयो । काम गर्दै जादा कहि कतै आफ्नो आवश्यक परे आफु सधै साथमा रहने प्रतीबद्दता समेत ब्यक्त गर्नुभयो । समुद्घाटन समारोहमा समाजका लागी खुल्ला हृदयका साथ भुमि दान गर्नुहुने बिष्णुमणि दहाल र उहाँकी धर्मपत्नीलाइ सम्मान पत्र र दोसल्लाले सम्मान गरीएको थियो ।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश भण्डारीले वडा कार्यालयको प्रशासनिक भवन र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न सहयोग गर्ने र जग्गा दाताहरु प्रती धन्यवाद ब्यक्त गर्नुभयो । आफु जनताको सेवाको लागी आएको बताउदै आफ्नो वडाका नागरिकको खुसी,र सहज सेवा सुविधाका लागी आफु कटिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य संस्था प्रमुख दामोदर शर्मा, वडा नं. १ का निवर्तमान अध्यक्ष श्रीप्रसाद चौधरी,पुर्व गावीस अध्यक्ष यज्ञ बहादुर बिस्ट वडा नं. २ का वडा अध्यक्ष डम्बर खत्री,वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी,वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेत ,वडा नं. ६ का अध्यक्ष रोशन जंग शाह,निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीले आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएकोथियो । वडा नं. १ का सचिब मन बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।