सिकलसेल अस्पतालको तेस्रो साधारणसभा

तुलसीपुर, ५ असोज । सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र बाँकेको तेस्रो साधारणसभा भएको छ ।

केन्द्रका अध्यक्ष जिवराज चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिकाका प्रमुख शम्भु गिरीको प्रमुख आतिथ्यमा दाङको दंगीशरण गाउँपालिका वडा नं.३ स्थित चखौरामा साधारणसभा भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि गिरीले सिकलसेल अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाए । थारु समुदायमा सिकलसेलको अबस्था भयावह भएको भन्दै यसलाई तीनै तहका सरकारले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका किशोर आचार्यले सिकलसेल पीडितको बीमा हुनुपर्ने बताएका थिए । त्यसलाई प्रभाबकारी बनाएर सहज हुने बताएका थिए ।

त्यस अवसरमा केन्द्रका कानुनी सल्लाहकार रामशरण चौधरी, रामबहादुर चौधरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत डा. विनोद सिंह, बागर अस्प्तालका डा.बिशाल कोइराला, दंगीशरण ३ का वडाध्यक्ष सुकलाल चौधरीलगायतले सिकलसेल एनिमियाका विषयमा सरकार गम्भी बन्नुपर्ने बताएका थिए ।


साधारणसभामा केन्द्रका जिल्ला स्थित प्रतिनिधिहरुले जिल्लाको सिकलसेलको अबस्थाका बारेमा प्रस्तुत गरेका थिए । कार्यक्रममा डा.राजेश्वर अर्याल र डा. सुरेन्द्र चौधरीले सिकलसेलको अबस्था र पारेको प्रभाबका बारेमा प्रस्तुती राखेका थिए ।

त्यस्तै सिकलसेल पीडित दंगीशरण ३ का गणेश चौधरीले उपचारमै घर जग्गा नै सकिने अबस्थामा रहेको भन्दै सरकारले यसमा सहयोग गर्नुपर्ने बताएका थिए ।
शुक्रबार र शनिबार चलेको कार्यक्रममा सचिब लोकजंग चौधरीले संगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष पानफुला चौधरीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सदस्य रोहित कुमार चौधरीले गरेका थिए । कार्यक्रममा चखौराका महतव कृष्ण चौधरीलगायतको सहभागिता रहेको थियो ।

साथै कार्यक्रममा सहयोग गर्ने सबैलाई अध्यक्ष जिवराज चौधरीले धन्यवाद पनि ज्ञापन गरेका थिए ।