
तुलसीपुर, २१ साउन
दाङको तुलसीपुरमा मोटरसाइकल र स्कुटी ठोक्किएपछि स्कुटी टिप्परमुनि पर्दा एक युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ निवासी २१ वर्षीया कल्पना केसी रहेकी छन्। बिहीबार दिउँसो गुम्राह चोक नजिक गुम्राह चोकबाट मदनआश्रित चोकतर्फ आउँदै गरेको क–प्र ००३ प २४४९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको रा ५ प ७९४५ नम्बरको स्कुटीसँग ठोक्किएको थियो। मोटरसाइकलको ठक्करपछि स्कुटी सोही दिशातर्फ गइरहेको रा १ ज ३२ नम्बरको टिप्परमुनि परेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



लाइभदाङ । २१ श्रावण २०८३, बिहीबार १७:०९ बजे