वडाध्यक्ष चौधरीलाई पितृ शोक

तुलसीपुर,३० फागुन ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीलाई पितृ शोक परेको छ । कचिला निवासी चौधरीका ७७ बर्षीय वुवा भागीराम चौधरीको आज (मंगलबार) विहान ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।


दमको विरामी चौधरीको चितवन मेडिकल कलेजको आइसियुमा उपचारको क्रममा निधन भएको छोरा खुसीराम चौधरीले बताए । उनका अनुसार अहिले शवलाई तुलसीपुर ल्याउन लागिएको छ ।