दाङमा दाजुभाइ मृत फेला

दाङ,४ मंसिर । दाङमा एकै घरका दाजुभाई मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूणर्बहादुर बस्नेत र भाइ ३० बर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।


उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । पूणर् परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताए ।

मृतक टेकबहादुरकी श्रीमति रुकुम पश्चिम स्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाई छ । मंगलबार मात्रै शव निकालेर पोष्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाई छ ।