अखिल नेपाल महिला संघ बबई २ का कमिटि गठन

तुलसीपुर
२० मंसिर /  अखिल नेपाल महिला संघ क्रान्तिकारीको बबई गाउँपालिका वडा नं. २ मा कमिटि गठन गरिएको छ ।

अनन्ता घर्तीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा देवीसरा घर्ती, सचिबमा कान्ति विक, कोषाध्यक्षमा दु्रपति विक र सहसचिबमा पार्वति केसीलाई चयन गरिएको छ ।


लुम्बिनी प्रदेशका राज्यमन्त्री विमला वली, माओवादी केन्द्र बबईका उपाध्यक्ष यज्ञबहादुर वली, नेता एकलाल घर्ती, उर्मिला वली,तुलसीराम घर्तीलगायतको सहभागितामा कमिटि गठन गरिएको हो ।