मावि अश्वारामा अक्षय कोष स्थापना

तुलसीपुर, ९ माघ ।
मा वि अश्वारा दाङको वार्षिकोत्सव समारोहको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, शिक्षाप्रेमी, नेपाली काग्रेस वडा नं. ८ का सभापति युवा नेता अश्वारा निवासी श्री केशवकुमार लामिछाने र उहाँकी धर्मपत्नी विनिता लामिछानेले स्वर्गीय छोरा कृतेश लामिछानेको पुण्य स्मृतिमा र बुबा ठाकुरप्रसाद लामिछाने, आमा कमला लामिछानेको सम्झनामा रु १ लाख ५१ हजार १ सय ५१ रूपैयाँको ‘कृतेश स्मृति अक्षय कोष’ स्थापना गर्नु भएको छ ।


अबदेखि उक्त अक्षय कोषबाट प्राप्त रकमले कक्षा १ देखि ५ कक्षासम्मको वार्षिक परीक्षामा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थीले आर्थिक सहुलियत प्राप्त गर्नेछन् । आफ्नो सन्तानलाई राम्रो शिक्षा दिन चाहेको तर तीन वर्षको उमेरमा स्वर्गीय हुन पुगेका कृतेशको नामबाट अरुलाई पढाउन सहयोग गर्ने वातावरण मिलाइदिएकोमा उहाँले विद्यालयलाई धन्यवाद दिनु भएको थियो ।