दाङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु

दाङ, ३१ साउन । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सल्यान बागचौर नगरपालिका वडा नम्बर २ का २६ वर्षीय कमल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।


दुर्घटनामा परी गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति तुलसीपुर उपमहानगरपालकिा ८ चमेखोलामा रा४ प ९९०९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा भएको हो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।