दाङमा जुवाको खालबाट १० जना पक्राउ

घोराही, ६ कात्तिक ।
दाङमा जुवाको खालबाट १० जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का ६० बर्षीय शरद लामिछाने, सोही ठाउँका ४८ बर्षीय केवल खत्री, ५६ बर्षीय बागसिङ केसी, ३६ बर्षीय नरेश रोका, ५६ बर्षीय विष्णु श्रेष्ट, ४१ बर्षीय विनोद हिमाली, ५९ बर्षीय केशर बहादुर पछाई, ५१ बर्षीय नरेश बुढा, ४८ बर्षीय धन बहादुर रोका र घोराही–१७ का ५० बर्षीय पदम केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार सोमबार दिउँसो साढे ४ बजेको समयमा घोराही–१५ स्थित शरद लामीछानेको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ७० हजार ६ सय ६० रुपैयाँ नगदसहित ४ गड्डी तास र तास खेल्न बिछ्याइएको एउटा गलैचासमेत बरामद गरेको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो ।