नाटक : ठेला

लेखक : विशाल गुप्ता 
भागः १
परिवेश : ठेलावालामाथिको दुर्व्यवहार
समय :  दिउँसो
पात्रहरू  : विशाल, नगरप्रहरी, नगरप्रमुख, ठेलावालाहरू, जनताहरू, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी

मञ्च सजावट, सडकको दृश्य, ठेलावालाहरू ठेला लिएर सडकमा फलफूल बेच्दै छन् । जनताहरू किनमेल गर्दैछन् । त्यतिबेला नगरप्रहरीको प्रवेश हुन्छ ।
विशाल ठेला लिएर फलफूल बेच्दै छन् । जनताहरू फलफूल किनिरहेका छन् ।
विशाल ठूलो श्वरमा भनिरहेको हुन्छ : ‘अरे हजुर, आउनुहोस् । फलफूल लिएर जानुहोस् । ताजा छ ।
नगर प्रहरी : (रुष्ट हुँदै) ओ भाई, तँलाई लाज लाग्दैन ? विच सडकमा ठेला राखेर समान बेच्ने ?
विशालः (धैर्यपूर्वक) मलाई के को लाज हजुर ? म मेरो पसिनाको कमाइ खाँदैछु ।
नगरप्रहरी : अझ मुखमखै लाग्छस् ?  तेरो ठेलाजफत गरिदिउँ ?
विशाल : हजुर, मेरो यो नै गुजारा हो । ठेलाजफत गर्नुभयो भने मेरो परिवार के खान्छ ?

(ठेलावालाहरू र जनताहरू एकत्रित हुँदैछन् ।)
ठेलावालाः हजुर, हामीलाई यहाँबाट हटाउनु भनेको हाम्रो पेटमाथि प्रहार हो ।
ठेलावाला : ठेलावालाहरूले पनि परिवार पाल्नुपर्छ । हाम्रो दैनिकी नै यहि हो ।

त्यसपछि नगर प्रमुखको प्रवेश हुन्छ ।
नगरप्रमुख : के हो यो हल्ला? के भइरहेको छ यहाँ ?
नगरप्रहरी : सर, यी ठेलावालाहरू सडकमा अवरोध गरिरहेका छन् । नियम उल्लङ्घन गरिरहेका छन् ।
विशाल : मेयर साहेब, हामीले यो काम नियम उल्लङ्घन गर्नको लागि होइन, बाँच्नको लागि गर्दैछौं ।
नगरप्रमुख : (गम्भीर हुँदै) यस समस्या समाधानको लागि हामीले के गर्न सक्छौं?
जनता :  ठेलावालाहरूलाई कुनै निश्चित ठाउँ दिइयो भने उनीहरूले सडकमा अवरोध गर्दैनन् । यसरी दुर्व्यवहार गर्नु भन्दा राम्रो हुन्छ, ठेलावालाहरूको समस्यालाई समाधान गरियोस् ।


अब नगरपालिकाका कर्मचारी र पत्रकारको  प्रवेश हुन्छ ।
पत्रकार (क्यामेरा चलाउँदै): ठेलावालाहरूको समस्याबारे नगरप्रमुखको निर्णय के हो?
नगरप्रमुख : हामीले तत्कालै एउटा स्थान निर्धारण गर्नेछौं जहाँ ठेलावालाहरूले सुरक्षित र व्यवस्थित रूपमा आफ्नो व्यापार गर्न सकून् ।
नगरप्रहरी : सर, यसरी व्यवस्थित भएपछि सडकमा अवरोध हुने छैन ।
विशाल : धन्यवाद मेयर साहेब । यो हाम्रो लागि ठूलो राहत हुनेछ ।

त्यसपछि सबै पात्रहरूसँगै हुन्छन् ।
नगरप्रमुख : ठेलावालाहरूको लागि हामीले निश्चित ठाउँ निर्धारण गरेका छौं । अब सबैलाई आफ्नो व्यापार गर्न सजिलो हुनेछ ।
जनताहरू : (ताली बजाउँदै)  धन्यवाद, मेयर साहेब
विशाल : (आँशु पुछ्दै) हजुर, तपाईको यो निर्णयले हाम्रो जीवनलाई सहज बनाएको छ ।

सबै खुशी हुँदै मञ्चबाट बाहिरिन्छन् ।

क्रमशः भाग २ पनि …