मेरिगोल्ड बोर्डिङद्वारा दिदि घरमा सहयोग प्रदान

तुलसीपुर, २८ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले दिदी घरमा सहयोग गरेका छन । भदौ २९ गतेको बाल दिबसको पुर्बसन्ध्यामा मेरिगोल्ड स्कुलका जुनियर रेडक्रसमा आवद्ध भएका विद्यार्थीहरुले आफ्नो खाजा खर्च बचाएर तुलसीपुरमा रहेको दिदी घरमा सहयोग गरेका छन् ।

विद्यार्थीहरुले तुलसीपुर वडा नं. ६ मा रहेको दिदी घरमा खाद्यान्न, फलफूल र स्टेसनरी सामाग्री प्रदान गरिएको बिद्यालयले जनाएको छ । विद्यार्थीहरुले सहयोग सामाग्री प्रदान गर्नुका साथै दिदी घरमा रहेका बालबालिकासङ्ग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।


दिदिघरमा अभिभावक बिहिन बालबालिका बस्दै आएका छन र तिनिहरुलाइ केही राहत होस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको विद्यालयका भाइस प्रिन्सिपल सोमराज बस्नेतले जानकारी दिनुभयो ।