दिव्य कुञ्जमा लागु औषध विशेष चेतनामुलक कार्यक्रम सम्पन्न

दाङ, ३० जेठ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत , ईलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना र दिव्य कुञ्ज एकेडेमीको सहकार्यमा शान्ति एवम् सुरक्षित समाज निर्माणका लागि लागू औषध दुर्व्यसन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक भरत नाथ योगीले विद्यार्थीहरुलाई दुर्व्यसन बिरुद्ध सचेतता प्रदान गर्नुभएको थियो । लागु औषध के हो ? विद्यार्थीहरु यसमा कसरी फस्न सक्छन् ? शारिरीक, मानसिक र सामाजिक असर र न्यूनीकरणका उपायहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।


विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा प्रधानाध्यापक अधिकारीले ई.प्र.का.तुलसीपुरले विद्यालयमै चेतनामुलक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो । साथै आगामी दिनमा पनि सचेततामुलक कार्यक्रमका लागी प्रहरी संग सहकार्य गर्दै जाने बताउनुभयो ।

कक्षा ६ देखी १० सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागीतामा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गर्नुभएको थियो ।