सगरमाथाले दियो विद्यार्थीलाई मानसिक सचेतना

दाङ, २३ असोज ।
तुलसीपुर ९ बेलुवामा अवस्थित सगरमाथा बालबाटिका इङ्लिस स्कुलको सहकार्यमा एवम् तुलसीपुर सिटि हस्पिटलको आयोजनामा विश्व मानसिक स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्षको अक्टोबर १० मा पर्ने यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गराउने हेतुका साथ यो कार्यक्रम मनाइएको छ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता, डा.मेगाना नेपालको प्रमुख आतिथ्यता एवम विद्यालयका सिइओ यमकान्त खरेल र डा.सन्दिप न्येउपानेको बिशिस्ट आतिथ्यता तथा सिटि हस्पिटलका सिइओ ऋषि रन्जन चौधरी र संचालक समिती सदस्य एबम सुचना अधिकारी बुद्दी सापकोटाको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि डा.मेगाना नेपालले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताउछिन।

यसै गरि कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् बिशिस्ट अतिथि डा.सन्दिप न्यौपाने भन्छन ‘मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निराशा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ,व्यक्ति आफूले यस्ता तनाव बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ ।’ दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको सुझाव छ ।

उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिन सके डिप्रेसनलाई कम गर्न सकिने डा. न्यौपाने बताउछन्।


कार्यक्रमका अध्यक्ष एवम् विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले यस्ता सचेतना फैलाउने कार्यक्रम समय समयमा आयोजना गर्न आवश्यक बताउछन। ‘हरेक मानिस मानसिक रुपमा स्वस्थ रहन सके मात्र स्वस्थ परिवार, समाज र राष्ट्र निमार्ण गर्न सकिने’ वली बताउछन् । कहिले पनि आफुलाई अरु सङ्ग तुलना नगरी आफू सङ्ग जे छ तेसैमा सन्तुष्टि हुनु मानिसको बुद्धिमानी हो, सन्तुष्ट हुन नसक्नु भनेको विभिन्न तनाबको कारण मानसिक समस्यामा परी जिबन नै अस्तब्यस्त बनाउनु हो, वली भन्छन् ।

आज हामी खुसी हुनको लागि भौतिक सुबिधामा मात्र भन्दा पनि सानो सानो कुरा जुन हामी सङ्ग हरहमेसा उपलब्ध हुन्छ तेसैमा खुसी हुन सके मात्र खुसी जीवन बिताउन सक्छौ। जस्ले हामीलाई सन्तुष्टिको चरम बिन्दुमा पुर्याउछ अनि हाम्रो राम्रो करियर बन्न सक्छ भनेर विध्यार्थीलाई प्रेरित गरेका छन् ।

यसै गरि सिटि हस्पिटल संचालक समिती सदस्य एवम् सुचना अधिकारी बुद्धि सापकोटाले सगरमाथा इङ्लिस स्कुल सङ्गको सहकार्य र समयानुकूल आयोजना गर्ने कार्यक्रम सार्है नै सराहनीय भएको बताएका छन। सापकोटा भन्छ्न, आगामी दिनहरुमा पनि यसै गरि यस विद्यालय सङ्ग सहकार्य गर्ने अवसर मिलिरहोस।

विद्यालयका सिइओ यमकान्त खरेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रम बिद्यालयका कार्यक्रम प्रमुख सरद शर्माले सहजीकरण गरेका थिए।