गणेशको ‘टोट्क्या सल्ला’गीत सार्बजनिक

दाङ,२५ भदौ । गणेश डाँगी गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्बजनिक भएको छ |  यसभन्दा अघि गायक डाँगीले दर्जनौं गीतमा आवाज सहित शब्द संगै एरेन्ज गरेका छन |

गणेश डाँगी गगन नामक युटुबबाट सार्बजनिक गरिएको गीतमा पि एन साईला,रमेश डाँगी,निर्मला देबि बस्नेत,देबि बस्नेत,लिला कवर,हेमराज डाँगी, दिप श्रेष्ठ ,सरिता बुढाथोकी , मन्जु थापा र गणेश डाँगी (गगन)को स्वर रहेको छ भने एरेन्ज/रेकर्ड /मिक्सिङ हेमराज डाँगीले गरेका हुन |

दाङ जिल्लाको शान्तिनगर ३ पातेटाकुरामा सुटिङ गरिएको टोट्क्या सल्ला नामक झ्याउरे गीतमा अभिषेक मल्ल , अर्जुन रोका,दिप श्रेष्ठ ,शुलभ पौडेल, गणेश डाँगी गगन,शाखिरा मगर,सुरक्षा मगर,तारा केसी,बिमला मगर,हिरा ठकुरी सहित हास्य कलाकार कृष्ण डाँगी , पूर्ण केसी,होताराम ओलीले अभिनय गरेको गीतमा निर्देशन,कोरियोग्राफी,कलर तथा सम्पादन अभिषेक मल्लले गरेका हुन |


गीत श्याम चौधरीले खिचेका हुन भने भने ड्रोन महेश कुसुम्याले चलाएका थिए साथै गीतको भिडियो तयार पार्ने क्रममा फुटेज कलेक्सन खकेन्द्र केसी गरेका हुन |