दाङमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ

दाङ, २९ असोज । दाङमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका – ६ हलचौरका २२ बर्षीय दीपक रेउले रहेको प्रहरीले बताएको छ ।


दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार दाङको घोराही उपमहानगरपालिका – १५ तुलसीपुर चोकमा डेरा गरि बस्ने रेउले घोराही – १६ सर्राबाट पक्राउ परेका थिए ।

उनको साथबाट १ ग्राम ५० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।