तुलसीपुरमा फुटपाथको दृष्य : पहिले ठेलामा बेच्थे, अहिले डोकोमा !

दीपक बोहरा
दाङ, १९ भदौ ।
बुधबार विहान ८ बजेको थियो । तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानीय चौधरीसहितको टोली बजारमा निस्कियो । साथमा थिए सुरक्षाकर्मी र सामाजिक अभियन्ता पनि । त्यो टोलीको एउटै मिसन थियो –तुलसीपुरको फुटपाथ ब्यस्थापन गर्ने ।

फुटपाथ ब्यबस्थापन गर्न निस्किएको टोलीले फुटपाथ हटाउनुकासाथै अटेरी गर्नेहरुको जफत समेत गरेको छ । केही तरकारी, सडकमा राखेका बोर्डलगायतका सामग्री जफत गरेको छ । त्यति मात्रै होईन्, सडक भाडामा दिएको समेत पाईयो । आफ्नो पसल अगाडी फलफूल तथा अन्य सामग्री बेच्न दिए वापत मासिक ५ हजारदेखि १५ हजारसम्म भाडा लिने गरेको पाईयो ।

तुलसीपुरमा ठेलाले सडकको सुन्दरता घटानउनुकासाथै दुर्घटनाको पनि जोखिम बढाएको थियो । केही समय अघि त्यसलाई उपमहानगरपालिकाले ब्यबस्थापन ग¥यो । तर, अहिले पुनः डोकोको विकृति बढेको छ । विगतमा पनि अधिकांस गोदाम सञ्चालकहरुले नै आफ्ना ठेला बजारमा पठाउथे ।

ठेला हटाएपछि गोदाम सञ्चालकहरुले नै डोकोमा फलफुल बेच्न पठाउने गरेको पाईएको छ ।
फुटपाथमा ब्यापार गर्दा पैदल यात्रुहरुलाई हिड्डुल गर्न पनि निकै कठीन हुने गरेको र बजारको सौन्दर्यतालाई नै कुरुप बनाएको भन्दै यो कार्य गरिएको हो ।


यो कार्य निरन्तर चल्ने उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए ।“फुटपाथमा ब्यापार गर्दा बजार निकै कुरुप देखियो, दुर्घटनाको पनि उत्तिकै जोखिम छ, पैदल यात्रुहरुलाई पनि समस्या हुने गरेको छ”,उनले भने “त्यसले गर्दा पनि हामीलाई यसलाई ब्यबस्थित गर्न खोजेका छौं ।” फुटपाथले ब्यबस्थापनले नै बजारको सुन्दरता झल्काउने उनको भनाई छ ।

त्यसले गर्दा पनि अब नियमित अनुगमन पनि गर्ने र फुटपाथ जफत गर्नेलाई कारवाही जरिवाना गर्ने प्रमुख खड्काले बताए । ब्यापारीहरुले भने आफ्नो पेटीमा सामग्री राख्न पाउनु पर्ने माग राख्ने गरेका छन् ।