कर्णालीमा गाडी खस्यो: उद्धार कार्य जारी

तुलसीपुर, १८ असार ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी–७ साङ्गेताडा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।


उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको एक पुरुषको शव फेला परेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव निकाल्ने प्रयास गरिरहेको छ। गाडीमा सवार यात्रुको यकिन संख्या भने अझै खुल्न सकेको छैन।