कृष्णमन्दिरमा जेसिजको ‘हेल्थडेस्क’

तुलसीपुर,१० भदौ । दाङको तुलसीपुर नगर जेसीजले तुलसीपुर ८ स्थित कृष्णमन्दिरमा हेल्थडेस्क स्थापना गरेको छ ।

कृष्णजन्म अष्टमीको अवसरमा भक्तजनहरुको भीडभाड हुने र स्वास्थ्यमा पनि समस्या देखिने भन्दै हेल्थ डेस्क स्थापना गरिएको हो । तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर ८ का वडाध्यक्ष धर्मबहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि डेस्क स्थापना गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि वलीले ब्रत बसेर मन्दिरमा भक्तजनहरु आउने गरेको भन्दै स्वास्थ्यमा केही समस्या देखिएमा उपचार गर्न सहज हुने बताए । कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटा, जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


कार्यक्रम संयोजक गोविन्द केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब कमल प्रकाश शर्माले गरेका थिए । मन्दिरमा भक्तजनहरुको विहानैदेखि भिडभाड छ ।