दंगीशरण–१ को बाकिमा बुवाको सामुहिक मुख हेर्ने कार्यक्रम सम्पन्न

दंगीशरण, १७ भदौ ।
शिवपुरी मन्दिर व्यबस्थापन समिती दंगीशरण–१ बाकिले बुवाको मुख हेर्नेदिनको अवसरपारी मातापिताको सम्मान तथा बुवाको मुख हेर्ने सामुहिक कार्यक्रम गरेको छ । ब्रह्मकुमारी ईश्वरी विश्व विद्यालय एवं राज योग प्रशिक्षण केन्द्र नेपाल इकाइ बाकिको सहजीकरणमा सामुहिक बुवाको सम्मान तथा मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको हो ।शिवपुरी मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष इन्द्रमनि बस्नेतको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का र वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको बिशिस्ट आथित्यतामा सामुहिक मुखहेर्ने कार्यक्रम गरीएको हो ।

सामुहिक मुख हेर्ने कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समय देशका विभिन्न स्थानमा बृद्दा आश्रम खुल्ने अवस्था आउनु दुःखको कुरा भएको उल्लेख गर्नुभयो । अहिले आजका छोराछोरीले आफ्ना बुवा आमाहरुलाई गरीने सम्मान र व्यबहारमा कमि आए भोलि त्यहि स्थिती आफुलाई हुने कुरा नभुल्न तर्फ सचेत गराउनुभयो । यस्तै अध्यक्ष गिरीले आफु निर्वाचित भए लगत्तै जेष्ठ नागरीकको निःशुल्क स्वास्थ्य जाच, वडाबाटै सामाजिक सुरक्षा भत्ता, श्रबणशक्ती गुमाएका जेष्ठ नागरीकलाई निःशुल्क शिविर, लगायतका जेष्ठ नागरीक लक्षित थुप्रै कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममै बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले संस्कार र संस्कृतीको संरक्षणकालागि वडा नं. १ ले थालेको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो । यस्ता कार्यहरुले पछिल्ला सन्ततीलाई सस्कार र सम्मानमा डो¥याउन प्रेरीत गर्ने उल्लेख गर्नुभयो ।


वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले पछिल्लो समय आमाबुवालाई समय दिन नसक्ने, हेला गर्ने अवस्थामा गाउँका युवा बुवा आमाको सल्लाह अनुसार बुवा आमाको सम्मान र पछिल्लो पुस्तालाई संस्कारमा डोर्‍याउन पनि सामुहिक मुखहेर्ने कार्यको थालनि गरेको र यसको निरन्तरताको पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस्तै ब्रह्मकुमारी ईश्वरी बिश्व विद्यालय एवं राज योग प्रशिक्षण केन्द्र तुलसीपुरका सिवलाल महताराले नैतिक शिक्षा र सस्कारयुक्त शिक्षा अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्नुभयो । पश्चिमा संस्कृती र सभ्यतालाई महत्त्व नदिइ आफ्नै संस्कृती र संस्कारतर्फ प्रेरित गराउने खालका कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो । शिवपुरी मन्दिर ब्यबस्थापन समितीका कोषाध्यक्ष टिका बहादुर के.सी.को स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सिता डाङ्गिले गर्नुभएकोथियो ।