अब हामी भिडियोमा पनि

२०७८ सालमा भदौको दोस्रो हप्तादेखि हामीले अग्रिम साप्ताहिक पत्रिका प्रकाशन सुरु ग¥यौं । सत्य,तथ्य र विश्वसनियताको खडेरी परेको अबस्थामा हामीले पत्रिकालाई पत्रकारिताको धर्म,मर्म र भावना अनुरुप अगाडी बढायौं । पत्रिका मात्रै होईन्, समयको मागसंगै अनलाईन पनि सञ्चालनमा ल्यायौं । छाटो समयमै अनलाईन स्थापित हुन सफल भयो । लाईभदाङ डटकम(www.livedang.com) मा आउने हरेक विषयबस्तुलाई पाठकले रुचाउन थाल्नु भयो । पत्रिका र अनलाईनलाई छोटो समयमै पाठकले मन पराएकै कारण हामीलाई भिडियो सेवा सञ्चालन गर्ने हौसला प्राप्त भएको छ । हामी पाठक तथा दर्शक माझ अन्तरवार्ता, समाचारलगायतका भिडियो सामग्री पस्किने तयारी गरेका छौं । यसमा पनि उत्तिकै साथ र सहयोग रहनेछ, भन्ने हाम्रो विश्वास रहेको छ ।

प्रबिधिको विकाससंगै मुलुकमा सञ्चारको तिब्र विकास भएको छ । जुन कुराको छिटो–छिटो परिवर्तन हुन्छ, त्यहाँ केही विकृति हुन्छ । सञ्चार क्षेत्रमा केही विकृति पनि नदेखिएको होईन् । एकै पटक धेरै नयाँ सञ्चारकर्मी थपिनु र, प्रबिधिमा नयाँ पुस्ताले जबर्जस्त प्रभाब जमाउनुले मुलधारका सञ्चार माध्याम ओझेलमा पर्ने अबस्था थियो । लामो समय मुलधारमा रहेका सञ्चार माध्याम ओझेलमा पर्दा सञ्चार क्षेत्रमा केही विकृति देखिए पनि, मुलधारकै सञ्चार माध्यम प्रबिधियुक्त बन्न थालेपछि विस्तारै त्यो समस्या न्यून हुँदै गयो ।


पत्रकारिताको आफ्नै आचरसंहिता छ । यसको आफ्नै धर्म र मर्म छ, त्यो कुरालाई ख्याल गर्नुपर्ने अहिलेको आबश्यकता छ । समाज रुपान्तरणको कडी हो–पत्रकारिता । पत्रकारिताले सही बाटो देखाएमा त्यो समाज सही मार्गमा हिड्छ, भने पत्रकारिताले बाटो विराएमा त्यहाँको समाज असभ्य र अस्वभाविक हुन्छ । यसमा हामी प्रष्ट छौं । हामीले जतिपनि कलम चलाएका छौं, त्यो समाज रुपान्तरणकै लागि छ, भन्ने हाम्रो विश्वास छ । हामीले सधै समाजको हितकालागि कलम चलाईरहेका छौं । समृद्धि, सुशासन र न्यायका पक्षमा हाम्रो कलम निरन्तर चलिरहने छ । त्यसकालागि यहाँहरुको साथ निरन्तर रहने छ, हाम्रो हाम्रो आकांक्षा रहेको छ । धन्यवाद । साभारः अग्रिम साप्ताहिक