युवाको सामथ्र्य समाजवादको यात्रामा केन्द्रित हुनुपर्छ

सम्राट भण्डारी
युबा परिबर्तनका सम्बाहक हुन । हरेक परिबर्तनको यात्रामा युबाको नेतृत्वदायी भूमिका रहेको कुरा सर्बबिदितै छ । राजनीतिक अधिकार प्राप्तिका आन्दोलनमा युबाहरुले लामो समय बिताए । अबको राजनीतिक कोर्ष परिबर्तन भएको छ । मुलतः संविधान निर्माण भइसकेपछि मुलुक आर्थिक रुपान्तरणको यात्रामा अघि बढ्नु पर्ने देखिन्छ । सोही अभिलाषाको साथ नेपाली जनताले दुइतिहाइ जनमतका साथ नेपालका कम्युनिष्ट शक्तिलाई जिम्मेवारी सुम्पिएका थिए ।

तर उक्त बिश्वासलाइ तुसाराघात गर्दै राज्यको सम्पत्ति माथी चरम दोहन तथा संविधान माथि पटक–पटक आक्रमण गर्ने काम अहंकारि,दम्भी केपि प्रवृत्तिले ग¥यो । जसको फलस्वरुप आर्थिक रुपान्तरणको नेतृत्व एकीकृत कम्युनिस्ट पार्टी नेकपाले गर्ने अबसर गुमाउनु प¥यो । ।समाजबादको आधार निर्माण गर्नु पर्ने दायित्वलाई भुलेर दलाल पँुजिबादको पक्षपोषण गर्दै समाजबादको यात्रामा ठूलो चुनौती खडा गरेको केपी प्रवृत्ति विरुद्ध लड्दै स्वाबलम्बी आत्मनिर्भर आर्थिक रुपान्तरणको तत्कालिन सोच एबम समाजबादको आधार खडा गर्ने अबको राजनीतिक कार्यदिशाको नेतृत्व यानिकी समाजबादी यात्राको नेतृत्व गर्ने जिम्मा जोसिला युबाको काधमा आएको छ ।

समाजबाद एउटा यस्तो आर्थिक ब्यबस्था हो, जहाँ बस्तुको उत्पादन,नियन्त्रण र ब्यबस्थापन बृहतर लोक कल्यानमा आधारित हुन्छ । हामी समाजबाद प्राप्तिको लागि मुलतः आर्थिक रुपमा आत्मनिर्भर राष्ट्रिय पुजिमा बढोत्तरी गर्नु पर्दछ । आर्थिक सम्बन्धहरुमा पुर्नपरिभाषित गर्नु पर्दछ ।सामाजिक न्याय समानता मार्फत असमानताको अन्त्य हुने गरि सामाजिक रुपान्तरण गर्नु पर्दछ ।


समाजबादी यात्रा पार्टी निर्मान गर्दैमा हुने होइन । यस्का लागि पार्टीका हरेक गतिबिधी संगठनिक संरचना संगठनिक लक्ष्य परिबर्तन गर्नु पर्दछ । टोले गुण्डा,ठेकेदार,तस्करी गर्दै हिड्ने राष्ट्रिय युबा सघं जस्तो हैन्, उद्यमसिलता बिकास गर्ने कामसंग युबालाई जोड्ने बिशेष अभियान सहित समाजबादी युबा सघं रुपान्तरित हुन पर्दछ । हरेक युबा सघं कमिटीले आफ्ना कमिटीका सदस्यहरुको सामुहिकतामा सामुहिक उद्यमी बन्दै देशैभरीको युब सघंलाई उत्पादन सघंका रुपमा बिकास गर्दै आर्थिक सामथ्र्य बिस्तारको मेरुदण्डको रुपमा युबा सघंलाई स्थापित गर्नु पर्दछ।नेताको चाकडी,गुन्डा भेला गर्ने र आर्थिक गतिविधिको रक्षक बन्ने जस्ता गतिबिधिमा समाजबादी युबा सघं लाग्नु हुदैन ।

युबा सघं मात्रै हैन हरेक संगठनहरु समाजबादी यात्राको दृष्टिकोण तथा कार्यदिशा प्रति प्रतिबद्ध हुन पर्दछ । परम्परागत पार्टी भन्दा फरक ढंगले हाम्रो पार्टी र यात्रालाइ अघि बढाउने हो भने मात्रै समाजबादको यात्रा विशाल हुने छ र नेकपा एकीकृत समाजबादी पार्टी मुलुकको उदयमान नवीन शक्तिका रुपमा स्थापित हुने कुरामा कुनै दुइमत छैन।

उपसंहारमा भन्नुपर्दा पर्दा युबा त्यो उमेर समूह हो जसमा राष्ट्रको भबिस्य,बर्तमानका साझेदार तथा समृद्धिको अग्रसंबाहक बन्ने सामथ्र्य लुकेको हुन्छ । त्यो सामथ्र्यलाई अबको बिस्वको तथा नेपालको अग्रगामी कार्यदिशा समाजबाद को यात्रामा केन्द्रीत गर्नु पर्दछ।समाजबादी यात्रा युगको हुनु पर्दछ पुरानो पुस्ता परिबर्तनको आगामी यात्राको नेतृत्व गर्ने यगतमबतभम भैसकेको छ। अब युबाको नेतृत्व समाजबादी क्रान्ति आर्थिक समृद्धि क्रान्ति हुनु पर्दछ यस्का लागि सबै तयारी हौ र नेकपा एकीकृत समाजबादी पार्टी मा गोलबद्ध हौ । (लेखक: युवा संघ शान्तिनगरका सचिब हुन् )