
तुलसीपुर, २३ पुस । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागरमा महोत्सव सञ्चालन हुने भएको छ ।
फ्रेन्डस स्केट जोन प्रालि नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा महोत्सव लाग्ने भएको छ । आयोजकले मंगलबार बागरमा पत्रकार सम्मेलन गरि प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव–२०८१ लगाउन लागेको जानकारी दिएको हो ।
यही पुस २८ गतेदेखी माघ ८ गतेसम्म महोत्सव चल्ने मेला आयोजक समितिका संयोजक अजय बुढाथोकीले बताए । स्थानीय कृषि उत्पादनलाई प्रबद्र्धन गर्नुकासाथै पर्यटकीय क्षेत्रको प्रचार प्रसारकालागि महोत्सव आयोजना गरिएको संयोजक बुढाथोकीको भनाई छ ।
महोत्सवमा करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । तर, टिकेट विक्री तथा स्टलबाट आम्दानी गर्ने लक्ष्य रहेको संयोजक बुढाथोकीले बताए । महोत्सवमा प्रवेश शूल्क एक सय रुपैँया रहेको छ । महोत्सवमा पल शाहलगायतका कलाकारहरु समेत आउनेछन् ।
अहिले महोत्सव लगाउने स्थलमा संरचना तयारीको काम भइरहेको छ ।



लाइभदाङ । २३ पुष २०८१, मंगलवार १८:०६ बजे