यी हुन्, काँग्रेसका दाङ क्षेत्र नं. ३ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरु

तुलसीपुर
८ मंसिर / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नंं. ३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार केन्द्रिय महाधिवेश प्रतिनिधिमा बर्तमान दाङ जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, पूर्व पार्टी सभापति एवं पूर्व सांसद गेहेन्द्र गिरी, प्रदेशसभास सदस्य शंकर गिरी, जिल्ला सचीव शंकर डाँगी, कृष्णकुमार गिरी, युवराज खड्का, विमल रिजाल, गोविन्द वहादुर शाह(सम्भु), टोप वहादुर केसी, केशवराज आचार्य, घनश्याम ढकाल, कविता कुमारी शर्मा, देवा डांगी, शुशिला सुवेदी, शुष्मा लामीछाने(गिरी), कमानसिंह डांगी, डा.नहकुल केसी, चित्रा गिरी, मिथिला शाह, टिकाराम घर्ती, जोगेन्द्र बहादुर सुनार, देवीका नेपाली, ऋषिराज लहरे(अरुण) निर्वाचित भएका छन् ।


पूर्व जिल्ला सभापति घनश्याम रेग्मी भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।