राजीनामा दिएका वडाध्यक्ष काममा फर्किए

तुलसीपुर,१८ साउन ।
आफ्नै पार्टीबाट निर्वाचित मेयरले ल्याएको बजेटबाट असन्तुष्टि जनाउँदै राजीनामा दिएका दाङ घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फकिएका छन् । अध्यक्ष पदबाट राजीनामा दिएको करिब डेढ महिना पछि पुनः काममा फर्किएका हुन् ।
वडामा प्रयाप्त बजेट नछुट्याएको भन्दै उनले असार १० गत पदबाट राजीनामा दिएका थिए । हस्ताक्षर विहीन राजीनामा सामाजिक सञ्जालमा र नगरप्रमुखलाई दिएपनि त्यो राजीनमा स्वीकृत भएका थिएन । त्यसको केही समय उनी काठमाडौं बसे । अहिले वडाका योजना समावेश गर्ने गरि सहमति भएपछि काममा फर्किएको उनी बताउछन् । उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनले पटक-पटक राजीनामाको घुर्की लगाउँदै आएका छन् ।