दाङमा एक पुरुष मृत अबस्थामा फेला

तुलसीपुर, ३ भदौ । दाङमा एक पुरुष मृत अबस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा बबई गाउपालिका– ३ निवासी इन्द्र बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

शनिबार घरबाट हापुरे बजार जान्छु भन्दै हिडेका भण्डारी शान्तिनगर गाउँपालिका–४ स्थित पातेटाकुराको एकली खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दिउसाे साढे १२ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


हापुरे हिडेका व्यक्ती शान्तिनगरको एकली खोलामा मृत भेटिएपछि आफन्तले घटनालाई रहस्यमय भनेका छन् । मृतकको शवलाई पोष्टमार्टमाका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा लगिएको छ ।