एमाले उम्मेदवारको निर्देशन ‘अन्य उम्मेदवारको नकारात्मक नलेख्नुस्’

तुलसीपुर, २६ असोज ।
नेकपा एमालेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारहरुको नकारात्मक नलेख्न निर्देशन दिएका छन् । गठबन्धनका उम्मेदवारहरुले तल्लोस्तरसम्म झरेर उम्मेदवारहरुलाई गालीगलौज गरिरहेका बेला एमालेका उम्मेदवारको यस्तो प्रतिकृया आएको हो । एमाले सरकारको पालामा भएका राम्रा कामहरुलाई जनताहरुको माझमा लैजान आग्रह गर्दै उनिहरुले अर्काको नकारात्मक कुरामा समय नखर्चिन आग्रह गरे ।

प्रेस चौतारी दाङले दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारसंग गरेको छलफलमा नेताहरुले सामुहीक रुपमा भने ‘हाम्रो पालमा धेरै राम्रा कामहरु भएका छन् । विषय वस्तुको हिसावले बहुप्राविधिक शिक्षालय स्थापना, मेट्रो हस्पिटल संचालन, अवरुद्ध टरिगाउँ एयरपोर्ट संचालन, खरको छानो विस्थापन, स्मार्ट छोरी, सुत्केरी भत्ता, लगाएत थुप्रै कार्यक्रमहरु छन् । यीनै विषयममा लेख्नुस र जनतालाई बुझाउनुस तर अर्काको नकारात्मक नलेख्नुस ।’

अर्काले के ग¥यो भन्दा पनि आफुले के गर्ने भन्ने कुरा नै महत्वपूर्ण भएकाले जनतानै सर्वशक्तिमान भएकाले उनिहरुसामु लोकप्रिया एजेण्डाहरुलाई मसिनोगरी लैजान समेत पत्रकाहरुलाई सुझाव दिए ।


असल कामको सुरुवात आफुबाट सुरु गर्नुपर्ने भन्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वलीले अरुको टिकाटिप्पणीले असल संकारको विकास हुन नसक्ने बताउनुभयो । सो अवसरमा ३(१) का प्रेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डे, ३(२)का प्रदेश सभा सदस्यका उम्मेदवार हुकुम बहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्का, प्रेस चौतारी दाङका विभाग प्रमुख संगित बस्याल, प्रेस चौतारी दाङका सल्लाहकार जेएन सागर, उपाध्यक्ष प्रेम राम्जा लगाएतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।

प्रेस चौतारीका दाङका उपाध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी तुलसीपुरका अध्यक्ष वसन्त परियारले गर्नुभएको थियो ।