तुलसीपुरमा लागुऔषधमा पक्राउ परेका धेरैले लिने यी नाम, जो शुक्रबार पक्राउ परे

तुलसीपुर
२३ साउन / तुलसीपुरबाट लागुऔषध कारोबारी रहेको आरोपमा एक होटेल सञ्चालकसहित दुइजनालाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ६ बाहिनी चोकमा ‘सानो संसार’ नामक होटेल सञ्चालन गरिरहेकी २८ बर्षीय लक्ष्मी श्रेष्ठ र सल्यान कुमाख गाउँपालिका वडा नं. ७ निवासी २० बर्षीय अरविन्द्रसिंह ठकुरीलाई पक्राउ गरिएको हो ।


उनीहरु दुबैजना मिलेर लामो समय देखि लागु औषधको कारोबार गर्दै आएको भन्न खुुल्न आएको प्रहरीले बताएको छ । श्रेष्ठको माईती घर नुवाकोट हो । उनका श्रीमानसंग पनि राम्रो सम्बन्ध नभएकाले उनी एक्लै तुलसीपुरमा होटेल गर्दै आएको खुल्न आएको प्रहरीले बताएको छ ।

शुक्रबार श्रेष्ठलाई होटेलबाट पक्राउ गरिएको हो, भने ठकुरीलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । लागु औषधमा पक्राउ परेकाहरु सबै यी दुईजनाबाट लागु औषधी लैजाने गरेको भनी बयान दिएपछि पक्राउ गरिएको डीएसपी अर्यालले बताए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।