तुलसीपुरम बन्दै गरेको घरबाट मानिश लड्दा घाइते

तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुरमा बन्दै गरेको घरबाट मानिश लड्दा घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुर बस्ने ३० बर्षीय गणेश चौधरी घाइते भएका हुन् ।


सोही ठाउँकी दीपा खत्रीको घर निर्माण गर्ने क्रममा सोमबार विहान साढे ८ बजेतिर खसेर उनी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

दुई तलामाथिबाट खसेका उनको ढाड र टाउकोमा चोट लागेको छ । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि कोहलपुर रेफर गरिएको छ ।