दाङमा प्रदेशको पर्यटन बजेट :पुरन्धारा बञ्जी जम्प देखि प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन

टेकराज भण्डारी 
दाङ, १ साउन ।
दाङको पुरन्धारा झरणामा बञ्जीजम्प र क्यानोयिङको सम्भाव्यता अध्ययन गरिने भएका छन् । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले २० लाख रूपैयाँ छुट्याएको छ ।

दाङको पर्यटकीय स्थलका रूपमा रहेको उक्त झरणामा प्याराग्लाईडिङको सम्भाव्यता अध्ययनकालागि ३० लाख र बबई–पुरन्धारा ¥याफ्टिङ उपकरण खरिद तथा सञ्चालनकालागि २० लाख बजेट विनियोजन गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार पर्यटकीय क्षेत्रको विकास गर्नकालागि उक्त बजेट छुट्याईएको हो ।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित थारु राजा दंगीशरणले राज गरेको स्थानमा गुरूयोजना अनुसारको पूर्वाधार निर्माणकालागि प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको छ ।

त्यस्तै कमलपोखरी ताल संरक्षण तथा पूर्वाधार निर्माणकालागि १५ लाख,  घोराहीको बाह्रकुने दह क्षेत्रको गुरूयोजना अनुसार बहुउद्देश्यीय पार्क निर्माणकालागि ५० लाख, राप्ती शान्ति उद्यान पूर्वाधार निर्माणकालागि २५ लाख, त्रिसिद्देश्वरी मन्दिरको पूर्वाधार निर्माणकालागि ५० लाख, पाण्डवेश्वर महादेव मन्दिर धार्मिक पर्यटकीय पूर्वाधार निर्माणकालागि ३० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै बबई गाउँपालिकामा मगर संग्रहालय निर्माणकालागि १ करोड बजेट विनियोजन गरिएको छ ।


यी हुन् पर्यटनमा समेटिएका दाङका बजेटः

साभारः अग्रिम साप्ताहिक