दंगीशरणमा नि:शुल्क कान शिविर सम्पन्न

oplus_0

दंगीशरण, २९ साउन । दंगीशरण गाउँपालिका वडा न ३ ले एक दिने निशुल्क कान स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

वडा न ३ को आयोजना तथा व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज ५ फुल्टेक्राको प्राविधिक सहयोगमा वडा न ३ भित्रका नगारीकहरुको निशुल्क कान चेकजाच गरीएको हो ।बरिस्ठ कान सहायक तथा आउटरिच इन्चार्ज भिसन कुमार थारु,र बरिस्ठ कान सहायक चिकित्सक तिर्थमान थारु सहितको टोलीले कानको निशुल्क चेकजाच गरेकोथियो ।

एक दिने शिविरमा कानको चेकजाच,निशुल्क औषधि बितरण र सल्यक्रिया गर्नपर्ने बिरमिलाइ उपचारको क्रममा १० प्रतिसत छुट दिइने डा.भिसन कुमार थारुले बताए । शिविर उद्घाटन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भए लगत्तै पहिलो निर्णय  स्वास्थ्य सङ्ग सम्बन्धित गरेकाले पनि आफु सदैब नागरीकको स्वास्थ्यको सवालमा सचेत रहेको बताए ।

पहिलो निर्णय अपाङ्गता भएका ब्यक्तीहरुको लागि निशुल्क स्वास्थ्य चेकजाच तथा ल्याब सेवा निशुल्क गरेका अध्यक्ष गिरीले आफु आफ्नो पालिकाका नागारीकको लागि भरपुर रुपमा खटिरहेको बताए । अर्को प्रसङ्गमा अध्यक्ष गिरीले भौतिक पुर्वाधारको बिकास सङ्गसङै मानविय विकासलाइ समेटेर लान नसके भौतिक पुर्वाधारको विकासको सार्थकता नरहने बताए।

अध्यक्ष गिरीले बिगतमा कोटेसनमा गर्ने हरेक कामलाइ इभिडिङ प्राणालिमा रुपान्तरण गरी बचेको पैसालाइ फेरी दिर्घरोगिलाइ निशुल्क औषधि वितरण,जेस्ठ नागरिक ,महिला अति बिपन्न ,र अपाङ्गताको क्षेत्रमा खर्च गर्ने गरेको बताए ।सोहि अवसरमा अध्यक्ष गिरीले अब छिट्टै आफ्नो पालिकाका नागरीकहरुलाइ स्वास्थ्यविमामा जोड्ने सोचका साथ काम अगाडि बढाइएको बताए ।


शिविर उद्घाटन अबसरमा बोल्दै वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले आफ्नो वडामा कानको समस्या धेरै रहेको भन्ने जानकारी अनुरुप सतप्रतिसत निशुल्क रुपमा  व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज ५ फुल्टेक्रा सङ्ग समन्वयगरी शिवीर आयोजना गरीएको बताए ।शिविरको लागि वडाबाट कुनै खर्च नहुनेगरी व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज ५ फुल्टेक्राले निशुल्क रुपमा गर्ने गरी शिविर आयोजना गरीएको समेत बताए ।

शिविरमा मङ्गलवार २३२ जनाले कानको चेकजाच गराएकाथिय। जसमध्य १३ जनालाइ अपरेसनका लागि सिफारिस,कान सुन्ने मेसिन १५ जनालाइ,र सामान्य कानको चेकजाच तथा औषधि बितरण गरीएको वडा अध्यक्ष शुकलाल चौधरीले बताए । शिविर मङ्गलबार १ दिनको लागि मात्रै भएपनि चेकजाच नसकिएकाले ६७ जनाको लागि बुधबार पनि चेकजाच गरीने अध्यक्ष चैधरीले बताए ।

सोहि अवसरमा स्वास्थ्यसाखा प्रमुख प्रदिप योगिले स्वास्थ्य शिवीर आफुहरुले गर्दै आएको र आगामि दिनमा पनि जनताको माग र  बुझाइ अनुसार स्वास्थ्य साखाबाट पनि शिवीर आयोजना गर्ने बताए ।