राजपुर गाउँपालिका स्थित जेलबाङ खोला नाकामा २ जनाको मृत्यु

सागर रोका
साउन २४ गते देउखुरी, दाङ ।

राजपुर गाउँपालिका स्थित वडा नम्बर-७ जेलबाङ खोला नाकामा २ जनाको मृत्यु भएको छ ।


सामान्य जरो र टाउको दुखाइ जस्ता रोग बाट दुई जना महिलाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउका दुखी रहेको १५ वर्षीय कृष्णा बुढालाई उपचारको लागी छिमेकी राष्ट्र भारतको सिरसिया अस्पताल लगिएको र उपचार गरेर घरमा ल्याएको केहि दिन पछि साउन १७ गते उनको मृत्यु भएको थियोे । त्यस्तै सोही गाउँको दिलसा बुढालाई पनि सोही लक्षण देखा परेपछि गाउँमै रहेको स्वास्थ्य चौकी लगिएको थियोे । स्वस्थ्य चौकी बाट स्वास्थ्यमा सुधार नभए पछि दिलसालाइ उपचारको लागि भारतको बाटो हुँदै नेपालगन्जको नर्सिङहोम हस्पिटलमा लगिएको थियोे । नेपालगन्ज नर्सिङ अस्पतालमा २२ गते उनको पनि मृत्यु भएको राजपुर गाउँपालिका वडा नम्बर ७ का कार्यपालिका सदस्य सन्देश बि.कले जानकारी दिएका थिए ।

नाका क्षेत्रमा अत्याधिक गर्मी र लगातार परेको अविरल वर्षाको झरीले गर्दा बिरामीको संख्या बढे पछि राजपुर गाउँपालिकाबाट स्वस्थ्यकर्मी कमल रोकाकाे नेतृत्वमा  ५ (पाँच) जनाको टोलि परिक्षणको लागि बुधबार नाका पुगेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले जानकारी दिएका छन । प्राय जसो नाका क्षेत्रमा खोलाको पिउने पानी प्रदुषित भएको पानी पिउने र जंगली लामखुट्टेको टोकाइको कारण मलेरिया भएर बिरामी भएको हुन सक्ने स्थानीयवासी पुर्ण रोकाको भनाइ छ ।
मृत्यु भएका कृष्णा र दिलसा एकै घरका नन्द भाउजू रहेको स्थानीय बालाराम गिरिले बताए । त्यस क्षेत्रमा यस्ता बिरामी धेरै रहेको बताइएको छ । राजपुर गाउँपालिका अन्तर्गत नाका क्षेत्रमा भनेको जस्तो यातायात सेवा स्वास्थ्य सेवा सुबिधा नहुँदा नाका बासीले अकालमै ज्यान गुमाउनु परेको छ ।