दंगीशरणको वार्षिक बजेट तथा कार्यक्रम २०८१ सर्वसम्मत पारीत

प्रमोद आचार्य
दंगीशरण, १८ असार ।
दंगीशरण गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागी प्रस्ताव गरेको वार्षिक बजेट तथा कार्यक्रम १७ औं गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत पारित गरेको छ । सोमबार बसेको १७ औं गाउँसभाको तेस्रो बैठकले बजेट पारीत गरेको हो ।

दंगीशरण गाउँपालिकाको १७ औ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले प्रस्तुत गर्नुभएको वार्षिक बजेट तथा कार्यक्रम सोमबार बसेको तेस्रो बैठकबाट पारीत भएको हो ।

दंगीशरण गाउँपालिकाको १७ औं गाउँसभाको तेस्रो बैठकमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले पारीत गरीयोस भन्ने प्रस्तावमा आर्थिक बिध्ययक २०८१,बिनियोजन बिध्ययक २०८१,लेखा समितीको वार्षिक प्रतिवेदन २०८१,न्यायिक समितीको वार्षिक प्रतिवेदन २०८१,र १६ औं अधिबेशन देखि हालसम्म हालसम्म पारीत गरीएका निर्णयसमेत अनुमोदन गरेको हो ।


१७ औं सभामै यस अघिका लेखा समितीका संयोजक निरज वस्नेतको ठाउँमा सभा सदस्य वडा नं. ७ का वडा अध्यक्ष रेशम वलीलाई लेखा समितीको संयोजकमा मनोनयन गरीएको हो ।

यस्तै गाउँसभाकै अवसरपारी गाउँपालिकाले गाउँपालिकाका विभिन्न कार्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । सम्मान हुनेहरूमा सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालयमा कार्यरत दिपकनाथ योगि,विरेन्द्र नमुना माध्यमिक विद्यालयमा कार्यरत बिन्दु शर्मा,पशुविकास साखातर्फ हस्तराम खड्का,कार्यालय सहयोगितर्फ गाउँपालिकमा कार्यरत का.स पुर्ण चौधरी, र दंगीशरण आधारभुत अस्पतालमा कार्यरत सि अनमि सिता गौतमलाई नगद २५ हजार प्रमाणपत्र र दोसल्लाले सम्मान गरीएको हो ।

सोहि अवसरमा देशैभरीका सुचना अधिकारीहरुमध्य उत्कृष्ट सुचना अधिकारीको रुपमा राष्ट्रपतिबाट पुरुषकृत हुने दंगीशरण गाउँपालिकाका सुचना अधिकरी टेक बहादुर खत्रीलाई प्रमाणपत्र र दोसल्ला ओढाइ गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, जिल्ला समन्वय समितीका सदस्य,र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेले सम्मान तथा बधाई ज्ञापन गर्नुभएको हो ।