माबि सौडियारको प्लस टु तर्फको जिम्मेवारी न्यौपानेलाई

दाङ । घोराही ७ सौडियारकै जेठाे र पुरानो बिद्यालय माबि सौडियारको प्लस टु तर्फको जिम्मेवारी बिद्यालयका शिक्षक हिरालाल न्यौपानेलाई प्रदान गरिएको छ ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले प्लस टुको पढाइ ब्यबस्थित र प्रभाबकारी बनाउन न्यौपानेलाई सो जिम्मेवारी दिईएको बताए ।


बिद्यालयका शिक्षक अभिभाबक संघ अध्यक्ष लोकबहादुर कवर र निमित्त प्रधानाध्यापक नन्द वलिले आगामी दिनमा प्लस टु तर्फको नतिजा सुधार हुनेमा बिश्वास लिईएको बताउदै न्यौपानेलाई नयाँ जिम्मेवारी प्राप्त गरेकोमा बधाईसहित सफलताको शुभकामना दिएका छन ।

लामो शिक्षण अनुभब संगालेका न्यौपाने माबि तहमा द्वितिय श्रेणिको गणित बिषयका शिक्षक हुन ।