हात्तिखौवा-घोराही रोडचोक चारलेन सडक संरक्षणको जिम्मा रोटरीलाई

तुलसीपुर, ४ मंसिर ।
दाङको तुलसीपुर स्थित हात्तिखौवादेखि घोराही रोडसम्मको चारलेन सडक संरक्षणको जिम्मा रोटरी क्लब अफ तुलसीपुरलाई प्रदान गरिएको छ ।


तुलसीपुर उपमहानगरपालिकाको १५ औं कार्यपालिका बैठकले रोटरीलाई संरक्षणको जिम्मा दिएको हो । हात्तिखौवादेखि बरुवागाउँले कुलोसम्मको सडकबीचको ग्रिनबेल्ट संरक्षण, सम्बद्र्धन तथा हरियाली ब्यबस्थापनको जिम्मा प्रदान गरिएको हो ।

सोही ठाउँको ग्रिनबेल्टलाई कुनै असर नगर्ने गरि रोटरी ग्रिन बेल्ट बनाउने रोटरीको तयारी छ । वडा नं. ५,६ र ७ संग समन्वय गरि उक्त ग्रिन बेल्ट निर्माण हुनेछ ।