दाङबाट रुकुमपश्चिम जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १५ यात्रु घाइते

तुलसीपुर
१८ भदौ ।
दाङबाट पश्चिम रुकुम जाँदै गरेको यात्रुबहाक बस सल्यान कपुरकोटको सोलावाङ भन्ने स्थानमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि १५ जना यात्रु घाईते भएका छन् । शुक्रबार पौने २ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

उनका अनुसार रा १ ख १७९२ नम्बरको गाडी भित्तामा ठोक्किदा दुर्घटना भएको हो । गाडीमा रहेका २८ जना यात्रु मध्ये १५ जना यात्रुहरु घाइते भएका हुन् ।
घाईतेहरुको विवरण निम्नानुसार छ :


May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'