गुरुकुल एकेडेमी तुलसीपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

तुलसीपुर, १० साउन ।
गुरुकुल एकेडेमी तुलसीपुरमा समुदाय प्रहरी साझदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने विभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थीहरुलाई यस्ता गतिविधि गर्न हुदैन भन्ने कुरा सिकाउन प्रहरीसंगको समन्वयमा कार्यक्रम सम्पन्न गरीएको हो ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाए प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भरतनाथ योगि रहनुभएको थियो ।

कार्यक्रममा सहायक निरीक्षक योगीले बाल विबाह एउटा सामाजिक समस्या भएको भन्दै यस्ता कृयाकलाप नगर्ने बारेमा जानकारी गराउनुभएको थियो । यस्तै अरुको देखासिकि गर्नाले सत्रुहरु बढ्ने झैझगडा हुने , फजुल खर्च गर्दा आर्थिक भार पर्ने भएका कारण विभिन्न घटना बढ्ने भन्दै यस्ता गतिविधिबाट बच्ने बारे बालबालिकाहरुलाई परामर्श समेत दिनुभएको थियो ।


किसोर अबस्थामा लागु पद्धार्थ सेवन बढि हुने साथिभाईहरुको लहलहैमा लागेर समाजमा विभिन्न अपराधका घटनाहरु हुने र यसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने बिषयमा पनि उँहाले जानकारी गराउनुभएको थियो । नागरीकका सुरक्षाका लागि प्रहरीले काम गर्ने भएका कारण नागरीकले पनि सुरक्षामा प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

विद्यालयले हरेक महिना विज्ञ अतिथि मार्फत विभिन्न कुराहरुको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिने तथा सिकाउने मासिक कार्यक्रम अन्तर्गत यो कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो ।

साथै उहाँले प्रहरीसंगका कार्यक्रमले अपराधिक कृयाकलापबाट बच्न निकै प्रेरणा मिल्ने र यस्ता खालका गतिबिधि समाजमा नहुने समेत बताउनुभयो । प्रशिक्षण कार्यक्रममा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।