खेल्ने क्रममा लडेर २ वर्षीय बालकको मृत्यु

रुकुम पश्चिम, ८ साउन ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ कैलदेउमा लडेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।

माथिल्लो कैलदेउका पम्फा रोका बोहरा र लंकबहादुर बोहराको २ वर्षीय छोरा तनब बोहराको आज बिहान १०ः४५ बजेतिर घरको आँगनमा खेल्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनी काल्नाबाट करिब २ मिटर तल खसेको प्रहरीको भनाई छ । टाउकोमा भित्रि चोट लागेर वेहोस अवस्थामा उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याई उपचार सुरु गरिएकामा आजै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी गराएको छ ।